यौनांग अर्थात् सरीरको सबैभन्दा गोप्य ठाउँ । जो पायो उसलाई देखाउन नमिल्ने यस्तो ठाउँ आफैले हेर्नका लागि भने छेकबार हुने कुरै भएन । तर सबैको हकमा यो कुरा लागु हुँदो रहेनछ, क्यारे । यो दुनियामा यस्ता अभागीहरु पनि छन् जसले आँखा देख्न त सक्छन् तर आफ्नो लिंग हेर्न पाउँदैनन् ।
बेलायतमा हालै भएको एक अध्ययनले एक तिहाइ बेलायती पुरुषहरुले आफ्नो लिंग दर्शन गर्न पाउँदैनन् । ती अभागीहरुलाई कुन पापीले आफ्नै जनेन्दि्रय हेर्न रोक्यो होला ? भन्ने जिज्ञासा तपाइँमा उठ्न सक्छ । तर उनीहरुलाई अरु कसैले रोकेको होइन आफ्नै भुँडीले रोकेको हो ।

अध्ययन अनुसार अत्यधिक मोटोपनका कारण ३३ प्रतिशत ३५ देखि ६० वर्षका बेलायती पुरुषहरुले सिधा उभिँदा आँखाले आफ्नै लिंग देख्न पाउँदैनन् । भिमकाय भुँडीले गुप्तांग रहेको खोँचको भाग सबै छेकिदिन्छ । भुँडीले विचराहरुलाई निहुरिन पनि दिँदैन । विचराहरु आफ्नै गुप्तांग दर्शन गर्न ऐनाको भर पर्नुपर्छ । ५१ देखि ६० वर्ष उमेर समूहका पुरुषहरु लिंगको दर्शन गर्न पाउने मामिलामा झनै पीडित छन् । यो उमेर समूहका ४४ प्रतिशत पुरुषहरुलाई आफ्नै लिंग हेर्न ऐनाको भर पर्नुपर्छ ।
अध्ययन अनुसार ५६ लाख बेलायतीहरु मोटोपनका सिकार छन् । मोटोपनकै कारण उनीहरुको आयु ९ वर्ष घटिरहेको छ । विज्ञहरुका अनुसार मोटोपनबाट पीडित पुरुषहरु जसले आफ्नो लिंग हेर्न सक्दैनन् उनीहरुमा मधुमेहको खतरा ५ गुणा बढि हुन्छ ।